२०८३ साउन ११ सोमबार

नेपाल एसबिआई बैंक लिमिटेडद्वारा कैलाश डाँडांमा वृक्षारोपण

ई आर्थिक    बुधबार, फाल्गुन ९ २०८०
3.9K
Shares
नेपाल एसबिआई बैंक लिमिटेडद्वारा कैलाश डाँडांमा वृक्षारोपण

काठमाडौं । भारतीय स्टेट बैंकका प्रबन्ध संचालक (जोखिम, अनुपालन र एसएआरजी), आलोककुमार चौधरीले फाल्गुण ५ गतेदेखि ४ दिने नेपाल भ्रमण गरेका थिए ।
उनको भ्रमणका क्रममा नेपाल एसबिआई बैंक लिमिटेडले पशुपति मन्दिर परिसर काठमाडौंमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण कार्यक्रम आयोजना गरेको थियो । सो अवसरमा श्री आलोक कुमार चौधरीद्धारा पशुपति मन्दिर परिसरमा रहेको कैलाश डाँडांमा वृक्षारोपणको शुभारम्भ गरिएको थियो ।

उक्त कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रमुख सञ्चालन अधिकृत श्री यादवेंन्द्र कान्त, बैंकका सल्लाहकार श्री छपिराज पन्त, बैंकका प्रमुख व्यवसाय प्रबर्धन अधिकृत श्री रितेश अर्याल तथा बैंकका अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो । बंैेकले यस पशुपति मन्दिर परिसरमा यस प्रकारका सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू नियमित रुपमा गर्दै आएको छ ।
यस बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२१ एटिएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij