२०८३ भाद्र २७ शनिबार

कान्तिपुर सेभिङ्गका अध्यक्ष पक्राउ

ई आर्थिक    मंगलबार, फाल्गुन ८ २०८०
2.5K
Shares
कान्तिपुर सेभिङ्गका अध्यक्ष पक्राउ

काठमाडौँ । कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा सो सहकारीका अध्यक्ष हिमाल विक्रम मल्ललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।

कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटका संचालकहरुले निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा प्रहरी वृत्त नयाँबानेश्वरमा २०८० जेठ २८ मा मुद्दा दर्ता भएको थियो । अध्यक्ष मल्ल फागुन १ मा पक्राउ परेका हुन् ।

कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटको संचालक समितिका संचालहरुविरुद्ध अहिलेसम्म ३५० जना निक्षेपकर्ताले जाहेरी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij