२०८३ साउन १२ मंगलबार

पाँच मनी चेञ्जर कम्पनी राष्ट्र बैंकको कारबाहीमा, भयो इजाजत पत्र रद्द

ई आर्थिक    बुधबार, फाल्गुन २ २०८०
2.1K
Shares
पाँच मनी चेञ्जर कम्पनी राष्ट्र बैंकको कारबाहीमा, भयो इजाजत पत्र रद्द

ई–आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच वटा मनीचेञ्जर कम्पनीको इजाजत रद्द गरेको छ। बैंकले तोकेको प्रावधान अनुसार नवीकरण नगरेका पाँच मनी चेञ्जर कम्पनीको इजाजत रद्द गरेको बताएको छ।

राष्ट्र बैंकले इजाजत रद्द गरेका कम्पनीमा फेयर मनी एक्सचेञ्ज प्रालि काठमाडौं, न्यातपोल मनि एक्सचेञ्ज प्रालि भक्तपुर, कैलाश मनी एक्स्चेञ्ज प्रालि काठमाडौंको इजाजत पत्र रद्द गरेको हो।

त्यसैगरी इजाजतपत्र रद्द हुनेमा ग्रेस मनी एक्सचेञ्ज प्रालि रसुवा र रुट नेपाल मनी एक्सचेञ्ज काठमाडौं पनि छन्। नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले सार्वजनिक सूचना जारी गरेर इजाजतपत्र रद्द भएको जनाएको हो।

राष्ट्र बैंकले मनी चेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप–विनियम (३) बमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले इजाजतपत्र रद्द गर्ने निर्णय भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij