२०८३ भाद्र ३० मंगलबार

क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको ऋण दुरुपयोग गर्ने थापा ९ वर्षपछि पक्राउ

ई आर्थिक    आइतबार, माघ २८ २०८०
8.5K
Shares
क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको ऋण दुरुपयोग गर्ने थापा ९ वर्षपछि पक्राउ

ई–आर्थिक, काठमाडौं । क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सबाट ब्रोइलर सप्लायर्स फर्मको नाममा ऋण लिएर दुरुपयोग गरेको कसूरमा अदालतबाट दोषी ठहर भएका काभ्रेको पनौती नगरपालिका(६ का रामभक्त थापालाई पक्राउ गरेको छ ।

बैंकिङ कसूरमा ९ वर्षअघि अदालतबाट ३ वर्ष कैद र ९ करोड ७ लाख रुपैयाँ जरिवाना तोकिएका थापालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआइबी०ले पक्राउ गरी आइतबार काठमाडौं जिल्ला अदालतमा पेश गरेको हो ।

थापाले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनीका पदाधिकारी र कर्मचारीहरूलाई प्रभावमा पारी काभ्रे ब्रोइलर सप्लायर्सको कागजात पेश गरेर आठ करोड पचास लाख रुपैंया ऋण लिएका थिए । उनले सो ऋण दुरुपयोग गरी क्यापिटल मर्चेन्टलाई नौ करोड सात लाख छ हजार तीन सय अठहत्तर रुपैयाँ बराबर हानी नोक्सानी पुर्‍याएको अदालतको ठहर छ ।

उनको मुद्दामा साविक पुनरावेदन अदालतले २०७१ बैशाख २९ गते बैंकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ को दफा १५ ९२० ९घ० बमोजिम तीन वर्ष कैद र विगो असूल गरी विगो बमोजिम जरिवाना हुने फैसला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij