२०८३ साउन ११ सोमबार

सिभिल समूहका इच्छाराज तामाङलाई तीन वर्ष कैद, एक अर्ब ७२ करोड जरिवाना तोकियो

ई आर्थिक    आइतबार, माघ २१ २०८०
5.7K
Shares
सिभिल समूहका इच्छाराज तामाङलाई तीन वर्ष कैद, एक अर्ब ७२ करोड जरिवाना तोकियो

काठमाडौँ । विशेष अदालतले सिभिल सहकारीका तत्कालिन अध्यक्ष इच्छाराज तामाङलाई तीन वर्ष कैद र एक अर्ब ७२ करोड बिगो भराउन आदेश दिएको छ । सम्पत्ति शुद्धिकरण अभियोगमा दोषी ठहर गर्दै विशेष अदालतले यस्तो सजाय तोकेको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्य तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सम्पत्ति शुद्धिकरणको मुद्दामा तामाङलाई तीन वर्ष कैद र एक अर्ब ७३ करोड बढी जरिवाना तोकेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिनुभयो ।

त्यसैगरी अदालतले तामाङ पत्नी सिर्जनालाई एक वर्ष ६ महिना कैद र एक अर्ब तीन करोड बिगो तोकेको छ । सँगै अदालतले इच्छाराजका मामा ससुरा केशवलाल श्रेष्ठलाई डेढ वर्ष कैद र २५ करोड बिगो त्यत्ति नै बराबरको जरिवाना तोकेको छ ।

अदालतले दोषी ठहर भएका सबैको सम्पत्ति जफत गर्न आदेशसमेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij