२०८३ साउन १२ मंगलबार

उदयपुर सिमेन्टका पूर्वमहाप्रबन्धक पौडेलसहित आठजना विरुद्ध भ्रष्टाचार मुद्दा, भिएफडी खरिदमा भ्रष्टाचार गरेको अभियोग

ई आर्थिक    बुधबार, माघ १० २०८०
10K
Shares
उदयपुर सिमेन्टका पूर्वमहाप्रबन्धक पौडेलसहित आठजना विरुद्ध भ्रष्टाचार मुद्दा, भिएफडी खरिदमा भ्रष्टाचार गरेको अभियोग

काठमाडौं । उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। भेरियबल फ्रिक्वेन्सी ड्राइभ (भिएफडी) खरिदमा भ्रष्टाचार गरेको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महाप्रबन्धक पौडेलसहित आठजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पौडेलका अतिरिक्त तत्कालीन नायब महाप्रबन्धक नवलकिशोर साह, तत्कालीन कामु उपनिर्देशक पवनकुमारलाल कर्ण, तत्कालीन प्रबन्धक भरतप्रसाद नेपाल, अधिकृत नवौँ डेमलाल खनाल, तत्कालीन प्रबन्धक कमलराज पौडेल, तत्कालीन निर्देशकद्वय  (प्रा.) ध्रुवबहादुर देवकोटा र महेशप्रसाद काफ्लेविरुद्ध मुद्दा दायर भएको हो । २२ लाख ७८ हजार तीन सय पाँच रुपैयाँ बिगो कायम गरी उनीहरूविरुद्ध मुद्दा दायर भएको छ।

भिएफडी खरिद गर्दा विनाअध्ययन, आवश्यकताको पहिचान र औचित्यसमेत यकिन नगरी लागत अनुमानसमेत नबनाई केही उपयोग नहुने सामग्री खरिद गरेको आयोगले जनाएको छ।

सामान खरिदपश्चात् गुणस्तर परीक्षण नगराएको, जिम्मेवार पदाधिकारीबाट भुक्तानी नगरी निमित्तबाट भुक्तानी गरी महाप्रबन्धकबाट समर्थनसमेत नगराएको, खरिद गरिएको सामग्रीमध्ये एक सय ६० वाट भिएफडी प्यानल उद्योगले प्राप्त गरेको पाँच वर्षभन्दा बढी समयसम्म पनि परीक्षण नगरिएको अख्तियारको अभियोग पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij