२०८३ असोज ८ बिहिबार

माछापुच्छ्रे बैंकद्धारा अन्नपूर्ण आधार शिविरमा वित्तीय तथा डिजिटल साक्षरता कार्यक्रमको आयोजना

ई आर्थिक    बिहिबार, पौस १९ २०८०
3.4K
Shares
माछापुच्छ्रे बैंकद्धारा अन्नपूर्ण आधार शिविरमा वित्तीय तथा डिजिटल साक्षरता कार्यक्रमको आयोजना

काठमाडौं । माछापुच्छ्रे बैंकले पर्यटकहरुको आकर्षक गन्तव्य अन्नपूर्ण आधार शिविरमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ ।

स्थानीय सेन्चुरी युवा क्लबसँगको सहकार्यमा बैंकले आधार शिविरमा रहेका व्यवसायी तथा स्थानीय व्यापारी तथा पर्यटकलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको हो ।

उक्त कार्यक्रममा वित्तीय ज्ञान र डिजिटल सेवाका फाइदा तथा जोखिम साथै जोखिम न्यूनीकरणका उपायहरुको बारेमा जानकारी प्रदान गरिएको थियो । सो विषयमा उपस्थित होटल व्यवसायी तथा स्थानीयहरु बीच अन्तरकृया कार्यक्रम समेत संचालन गरी नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज मानिने क्यूआर पीओएस एएफसी सेवाको महत्व बारे अवगत गराईएको थियो ।

अन्नपुर्ण आधार शिविर क्षेत्रमा ५० भन्दा बढी होटेल तथा रेष्टुरेन्टहरु सञ्चालनमा रहेका छन् ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप, ईएमभी स्ट्यान्डर्डमा आधारित विश्वभर सुरिक्षत र भरपर्दो मानिएको टोकन प्रविधिको प्रयोग गरी मोबाईल बैंकिङ्ग एप्लिकेसन एम स्मार्टमा एनएफसी कन्ट्याक्ट लेस अफलाइन ट्याप एण्ड पे क्यूआरमा भ्वाइस अडियो नोटिफिकेशन प्रविधि जस्ता सेवाहरु संचालनमा ल्याउदैँ आईरहेको छ भने अन्य डिजिटल सेवाहरु जस्तैः मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता एवं मुद्धती खाता खोल्ने लगायतका अनेकन अत्याधुनिक प्रविधिहरु ल्याइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij