२०८३ साउन ११ सोमबार

लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो ‘हुन्डाई न्यु इयर डिलाइट २०२४’ योजना

ई आर्थिक    सोमबार, पौस १६ २०८०
7.8K
Shares
लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो ‘हुन्डाई न्यु इयर डिलाइट २०२४’ योजना

काठमाडौं : हुन्डाई अटोमोवईल्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुन्डाई न्यु इयर डिलाइट २०२४’योजना ग्राहक माझ ल्याएको छ।

यो ग्राहकमुखि योजना यही पुष १६ गतेदेखि नेपाल भरिका सबै शोरुममा सुरु भएको छ। यस योजना अन्तर्गत ग्राहकले ५ लाखसम्मको आकर्षक नगद छुट, विद्युतीय गाडीको खरिद गर्दा प्रोत्साहन स्वरुप ५० हजारसम्मको गो-ग्रीन बोनसका साथै गाडीको मोडल इएरको आधारमा ५ लाख सम्मको छुट प्राप्त गर्न सक्ने छन।

योजनामा ग्राहकले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउनेछन्। सबै हुन्डाई ICE गाडीहरुमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ र EV गाडीको ब्याट्रीमा ८ वर्ष र मोटरमा २ वर्ष वारेन्टी उपलब्ध हुनेछन्।

यस स्किमबाट हुन्डाईको कुनै पनि Hatchback, Compact SUV, SUV तथा EV गाडी खरिद गरि फाईदा लिन सकिनेछ। लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल भरी १७ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु र ४३+ चारजिङ पोइन्टहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij