२०८३ असोज ८ बिहिबार

एभरेष्ट बैंक विराटनगरको एटीएम फोड्ने खोज्दै विराटनगर प्रहरी

ई आर्थिक    शुक्रबार, पौस १३ २०८०
3.9K
Shares
एभरेष्ट बैंक विराटनगरको एटीएम फोड्ने खोज्दै विराटनगर प्रहरी

ई–आर्थिक, विराटनगर । विराटनगरमा चोरी गर्ने उद्देश्यले एक व्‍यक्तिले एभरेष्ट बैंकको एटिएम मेसिन फुटाएका छन् । बिहीबार राति बैंकको विराटनगर शाखा कार्यालय अगाडि राखेको एटिएम मेसिन फुटाएका हुन् ।

मोरङ प्रहरी प्रवक्त डिएसपी रञ्जनकुमार दाहालले एटीएम मेसिन फुटाएर चोरीको प्रयास भएको बताए । ‘चोरी गर्ने उदेश्यले मेसिनको कभर फुटाएको देखिन्छ,’उनले भने,‘घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको छ ।’

मध्यरातमा लाठी जस्तो देखिने वस्तुको साहारामा एटीएम मेसिन फुटाउने प्रयास भएको उनले बताए ।

गत ३० कात्तिकमा पनि विराटनगरको मुख्य बजार महेन्द्र चोकमा नबिल बैंकका एटिएम फोडेर चोरीको प्रयास भएको थियो ।

प्रहरीले मेसिन फुटाउँदै गर्दा विराटनगर(११ घर भई वडानम्बर(९ गुद्री बजारमा डेरा गरी बस्ने ३०वर्षीय मुकेशकुमार कामतलाई पक्राउ गरेको थियो ।

कामतले चाबी र सानो फलामको चक्कुले एटीएम मेसिन खोल्ने प्रयास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij