२०८३ साउन १४ बिहिबार

कतार सरकारले मृत्युदण्ड सुनाएका झापाका सुवास राउत घर फर्किए, गृहजिल्लामा गरियो भब्य स्वागत

ई आर्थिक    आइतबार, पौस ८ २०८०
15K
Shares
कतार सरकारले मृत्युदण्ड सुनाएका झापाका सुवास राउत घर फर्किए, गृहजिल्लामा गरियो भब्य स्वागत

ई-आर्थिक, बिर्तामोड । कतार सरकारले आफ्नै साथीको हत्या आरोपमा मृत्युदण्डको सजाय सुनाएको झापा कनकाई नगरपालिका ४ त्रिवेणी टोलका ३३ वर्षीय सुवास राउत स्वदेश फर्किनुभएको छ ।

तीन वर्ष पहिले आफ्नै काेठामा बस्ने खाेटाङ् ऐंसेलुखर्कका लामाकाजी राईको हत्या आरोपमा सुवासलाई कतार सरकारले मृत्युदण्डको सजाय सुनाएको थियो ।

राउले बिदाका दिन अन्य कम्पनीका साथीहरु समेत आफ्नो कोठामा आएको र झगडा पर्दा राईको मृत्यु भएको बताउनुभयो । राईको मृत्युका कारण राउतलाई लगाएर कतार प्रहरीले मृत्युदण्डको सजाय सुनाएको थियो । तर उक्त घटनामा आफू निर्दोष रहेको राउतले बताउँदै आउनुभएको थियो । राउतलाई विदेशमा मृत्युदण्डको सजाय सुनाएसँगै स्वदेशमा रहेका दुई छोराछोरी, श्रीमती कुमारी राउत, बुबा जितबहादुर र आमा दुर्गामायाको बिजोग भएको थियो ।

उक्त खबर सुनेसँगै आमा दुर्गामायाको निधन भएको थियो । कतारमा मृत्युदण्डको सजाय सुनाएसँगै स्थानीयवासीको पहलमा ब्लडमनि तिर्नका लागि रकम सङ्कलन गरी पीडित परिवारलाई रकम बुझाएर तीन वर्ष पछाडि राउतलाई स्वदेश फर्काइएको छ ।

राउत स्वदेश फर्काएसँगै एक कार्यक्रमका बीच जिल्लाका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा उहाँको गृहजिल्ला झापामा भब्य स्वागत गरिएको थियो । झापा क्षेत्र नम्बर ४ का सङ्घीय सांसद लालप्रसाद साँबा, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरल, उपप्रमुख आशा शर्मा शिवाकोटी, प्रदेश सरकारका कृषिमन्त्री हीराकुमार थापा, कनकाई नगरपालिका ४ का वडाध्यक्ष राेशन सुवेदीलगायातले स्वदेश फर्किनुभएका राउतलाई स्वागत गर्नुभयो ।

कार्यक्रममा आफू यसरी स्वदेश फर्किएर आउँछु भन्ने विश्वास नलागेको अब कहिल्यै पनि विदेश नजाने स्वदेशमै केही गर्ने सोच बनाएको राउतले बताउनुभयो ।’आफुलाई फर्काउन मद्दत गर्ने सबैप्रति राउतले आभार ब्यक्त गर्नुभयो ।

राउतलाई स्वदेश फकाउनका लागि तत्कालीन वडाध्यक्ष गोविन्द पौडेलको संयोजकत्वमा समिति समेत गठन गरिएको थियो । उक्त समितिले स्वदेश तथा विदेशमा रहेका नेपालीहरुबाट २० लाख २४ हजार रुपियाँ रकम सङ्कलन गरेको थियो ।

आर्थिक संकलनको लागि राउत क्षत्री सेवा समाज नेपाल केन्द्रीय कार्यालय काठमाडौं र झापा जिल्लाले विशेष पहल गरेका थिए ।

कतारमा मृत्युदण्ड सुनाएपछि जेल जिवन विताइरहनुभएका निर्दोष सुवास राउत स्वदेश फर्किएकोमा समाजका केन्द्रीय अध्यक्ष अस्मिनकुमार राउतले खुशी व्यक्त गर्नुभयो । उहाँलाई फर्काउन पहल गर्नुहुने सबैप्रति बिशेष आभार  व्यक्त गर्नुहुदै गर्नुहुदै अध्यक्ष राउतले सम्पूर्ण राउतहरुको तर्फबाट धन्यबाद दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij