२०८३ असोज ८ बिहिबार

हिमालयन बैंकद्वारा भूकम्प पीडितलाई २१ लाखको राहत सामग्री सहयोग

ई आर्थिक    शुक्रबार, कार्तिक २४ २०८०
4.9K
Shares
हिमालयन बैंकद्वारा भूकम्प पीडितलाई २१ लाखको राहत सामग्री सहयोग

ई–आर्थिक, काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकमका भूकम्प पीडितहरुका लागि २१ लाख रुपैयाँ बराबरको राहत सामग्री खरिद गरी सहयोग प्रदान गरेको छ।

बैंकले पीडितका लागि अत्यावश्यक खाद्यान्न दाल, चामल, नून र तेल खरिद गरी जिल्ला प्रसाशन कार्यालय जाजरकोट खलंगालाई कात्तिक २१ र जिल्ला प्रसाशन कार्यालय, मुसिकोट, रुकुम पश्चिमलाई कात्तिक २२ गते हस्तान्तरण गरेको जनाएको छ।

गत शुक्रबार (कात्तिक १७ गते) राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टरको भुकम्पले जाजरकोट र पश्चिम रुकममा ठूलो क्षति पुर्याएको छ। विपद्को समयमा त्यस क्षेत्रका बासिन्दाहरुलाई केही सहयोग वा राहत होस् भन्ने मनसायले सहयोग गरेको बैंकले विज्ञप्तिमार्फत जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij