२०८३ साउन १२ मंगलबार

सहकारी सञ्चालकको सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गराउन सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको प्रतिवेदन

ई आर्थिक    मंगलबार, भाद्र २६ २०८०
3.6K
Shares
सहकारी सञ्चालकको सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गराउन सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको प्रतिवेदन

ई–आर्थिक, काठमाडौं । सहकारी संस्थाहरूको स्थिर सम्पत्तिदेखि अन्यत्र भएका लगानी र तिनका सञ्चालकको सम्पत्तिसमेत बेचेर बचतकर्ताको रकम फिर्ता गराउन सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले सरकारलाई सुझाव दिएको छ ।

कार्यदलले नियामक निकाय, सहकारी संस्था, बचतकर्ता, सहकारी अभियन्ता लगायतसँग छलफल गरेर आगामी चैतभित्र बचतकर्ताको रकम फिर्ता गराउन सुझावसहित प्रतिवेदन तयार पारेको हो ।

गत २६ वैशाखमा मन्त्रिपरिषद्ले योजना आयोगको सहकारी हेर्ने सदस्य डा। जयकान्त राउतको संयोजकत्वमा सहकारीको समस्या पहिचान तथा समाधानको खोजी अध्ययन कार्यदल गठन गरेको थियो ।

मंगलबारसम्म समयावधि रहेको कार्यदलले तोकिएको सीमाभित्रै सम्माननिय प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij