२०८३ साउन १७ आइतबार

बिवाईडीको नयाँ शोरुम अब भक्तपुरको सल्लाघारीमा

ई आर्थिक    शुक्रबार, भाद्र २२ २०८०
7.1K
Shares
बिवाईडीको नयाँ शोरुम अब भक्तपुरको सल्लाघारीमा

ई–आर्थिक, काठमाडौं । बिवाईडीले भक्तपुर सल्लाघारीमा नयाँ सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले वि माई अटोमोबाइल्सको नाममा नयाँ शोरुम उद्घाटन गरेको हो ।

शोरुम शुरुवात गर्दै वि माई अटोमोबाइल्सका प्रबन्ध निर्देशक नरेन्द्र कुमार रानाले ग्राहकहरु माझ बढ्दै गएको बिवाईडीको लोकप्रियतालाई मध्यनजर गर्दै नयाँ शोरुम सञ्चालनमा ल्याउन पाँउदा आफू निकै उत्साहित भएको र ग्राहकहरुको बढ्दो मागलाई परिपुर्ति गर्दै निरन्तर गुणस्तरीय सेवा तथा सुविधा प्रदान गर्न बिवाईडी प्रतिबद्ध रहेको बताए ।

बिवाईडीले नयाँ इलेक्ट्रिक एसयूभी एटो थ्री सार्वजनिक गरेसँगै नयाँ शोरुमहरु पनि सञ्चालनमा ल्याइएको छ । बीवाईडीको गाडी चढ्ने हरेक ग्राहकको आवश्यकता पूरा गर्न बिवाईडीले विक्रेता सञ्जाल विस्तारलाई विशेष प्राथमिकता दिई अघि बढिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij