२०८३ साउन १४ बिहिबार

सृजनशील उद्यमी मेलामा तीजका सामानको आकर्षण बढ्यो

ई आर्थिक    आइतबार, भाद्र १७ २०८०
10.2K
Shares
सृजनशील उद्यमी मेलामा तीजका सामानको आकर्षण बढ्यो

ई–आर्थिक, काठमाडौं । नेपाली महिला दिदीबहिनीको महान् पर्व तीजको अवसरमा महिला सृजनशील केन्द्रले सृजनशील तीज मेला आयोजना गरेको छ । मेलामा तीजको सामानको आकर्षण बढ्दो छ ।

मेला भदौ १५ गते सुरु भएको हो । मेलाको उद्घाटन माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, मिस नेपाल २०२३ सृच्छा प्रधानलगायतबाट गरिएको थियो । मेलामा लत्ताकपडा, सौन्दर्य प्रसाधन, जुत्ताचप्पल, ब्याग, गरगहना, हेण्डीक्राफ्ट, फर्निचर, विभिन्न खाद्य पदार्थ, बैंक तथा वित्तीय संस्थालगायतका सयभन्दा बढी स्टल छन् ।

राइजिङ्ग नेपाल प्रा.लिको व्यवस्थापन तथा नबिल बैंक र नारी मासिकको सहकार्यमा भएको डाबर वाटिका तीज मेलाको २० औं संस्करण हो । दरबारमार्गस्थित होटल डेल अन्नपूर्णमा चलिरहेको उक्त मेलाको आज अन्तिम दिन हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij