२०८३ साउन १४ बिहिबार

भगवती हाइड्रोपावरको आईपीओ खरीद गर्ने आज अन्तिम दिन, हालसम्म १७ गुणा बढी आवेदन

ई आर्थिक    शुक्रबार, भाद्र ८ २०८०
6.4K
Shares
भगवती हाइड्रोपावरको आईपीओ खरीद गर्ने आज अन्तिम दिन, हालसम्म १७ गुणा बढी आवेदन

ई–आर्थिक, काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले भदौ ५ गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको आईपीओ खरीदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणमा ७ लाख १२ हजार २२० कित्ता आईपीओ निष्कासन गरेको हो ।

भदौ ७ गतेसम्म मागभन्दा १७ गुणा बढी आवेदन परिसकेकाले छिटो अवभि भदौ ८ गतेसम्म मात्र सर्वसाधारणमा आईपीओ विक्री खुला हुने जानकारी कम्पनीले दिएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री तथा बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको २५ प्रतिशत दरको १४ लाख ३० हजार १६२ कित्ता आईपीओ प्रिमियम सहितको मूल्यमा विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असार ६ गते अनुमति पाएको थियो ।

प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा प्रिमियम वापत १६ रूपैयाँ थप गरी प्रतिकित्ता ११६ रूपैयाँमा कम्पनीले आईपीओ विक्री गरेको हो । आयोजना प्रभावित स्थानीयमा जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रूपैयाँको १० प्रतिशत अर्थात ५ करोड ७२ लाख ६ हजार ५०० रूपैयाँ बराबरको ५ लाख ७२ हजार ६५ कित्ता आईपीओ बाँडफाँट गरिएको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याएको शेयरको १० प्रतिशतले हुन आउने ८५ लाख ८१ हजार १०० रूपैयाँ बराबरको ८५ हजार ८१० कित्ता शेयर बाँडफाँट गरिएको हो ।

आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँटपछि बाँकी रहेको आईपीओमध्ये ४२ हजार ९०५ कित्तासामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको कम्पनीको भनाई छ । यी वाहेक पनि १७ हजार १६२ कित्ता आईपीओ कम्पनीका कर्मचारीहरूको लागि सुरिक्षत गरीएको छ ।
सर्वसाधारण लगानीकर्ताले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म माग गर्न सक्नेछन् । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै खरीदकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर मार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ निष्कासनको लागि गराइएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयर एनपि त्रीपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीले पोखरा महानगरपालिकाको विजयपुरा खोलाको पानी उपयोग गरी ४ दशमलव ५ मेगावाट क्षमताको विजयपुर–१ साना जलविद्युत आयोजना निर्माण गरिसकेको छ । उक्त आयोजनाबाट कम्नपीले २०६९ साल भदौ ५ गतेदेखि व्यापारिक उत्पादन सुरू गरेको छ । आयोजना निर्माणको कुल अनुमानित लागत ७९ करोड ६८ लाख २९ हजार रूपैयाा रहेको छ । हाल कम्पनीमा संस्थापक तर्फबाट चुक्ताभएको पूँजी ४२ करोड ९० लाख ४८ हजार ५०० रूपैयाँ रहेको छ । सर्वसाधारणमा समेत आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ५७ करोड २० लाख ६४ लाख ७०० रूपैयाँ कायम हुनेछ । आर्थिक वर्ष ०७८÷७९ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी ८ करोड ७५ लाख रूपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ । वास्तविक अवस्था अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १२० रूपैयाँ ४१ पैसा छ भने प्रतिशेयर आम्दानी १९ रूपैयाँ २३ पैसा छ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij