२०८३ साउन १७ आइतबार

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओ सर्वसाधारणलाई खुल्यो

ई आर्थिक    आइतबार, साउन २८ २०८०
4.5K
Shares
मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओ सर्वसाधारणलाई खुल्यो

ई–आर्थिक, काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन खुलेको छ । कम्पनीले साउन २८ गतेदेखि सर्वसाधारणमा आइपीओ निष्काशन गरेको हो । कम्पनीले यस अघि नै आयोजना प्रभावित क्षेत्रका स्थानिय वासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बाँडफाँड गरिसकेको छ ।

कम्पनीले सर्वसाधारणका लागि कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर निष्काशन गरेको हो । स्थानिय बासिन्दाहरुले खरिद नगरेको ६ लाख १६ हजार ६२० कित्ता सहित गरी कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

आईपीओमा १० कित्तादेखि एक लाख कित्तासम्म आवेदन दिन सकिन्छ । केयर रेटिङ्ग नेपालले आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा कम्पनीको आईपीओलाई ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओमा साउन २८ गतेदेखि साउन ३१ गतेसम्म आवेदन दिन सकिन्छ । कम्पनीको चुक्ता पुँजी ५२ करोड र जारी पूँजी ८० करोड रुपैयाँ छ । जारी पुँजीको ३५ प्रतिशत सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ।

कम्पनीले ५ मेगावाटको घट्टेखोला जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३९ करोड ३५ लाख ७५ हजार रुपैयाँ रहेको छ । आयोजनाको विद्युत उत्पादन अनुमति २७ वर्ष १ महिना बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij