२०८३ साउन ९ शनिबार

प्रभु बैंक र भीजी इम्पेक्सबीच कर्जा सम्बन्धी सम्झौता

ई आर्थिक    बिहिबार, साउन १८ २०८०
7.9K
Shares
प्रभु बैंक र भीजी इम्पेक्सबीच कर्जा सम्बन्धी सम्झौता

ई–आर्थिक, काठमाडौं । प्रभु बैंक लिमिटेड र भीजी इम्पेक्स प्रालिबीच विद्युतीय सवारीसाधनमा कर्जा लगानीसम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र भीजी इम्पेक्सका तर्फबाट उपाध्यक्ष रुपेश शर्मा भट्टले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार भीजी इम्पेक्सबाट आयात गरिएका विद्युतीय गाडी इच्छुक ग्राहकले खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारीसाधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ ।

हाल बैंकको देशभर रहेको ३०१ शाखाबाट नै कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणीय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij