२०८३ साउन १५ शुक्रबार

स्वस्तिक लघुवित्तले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त

ई आर्थिक    आइतबार, साउन १४ २०८०
7K
Shares
स्वस्तिक लघुवित्तले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त

ई–आर्थिक, काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
कम्पनीले अधिकृत पूँजीको ४० प्रतिशतले हुन आउने आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको हो। यसका लागि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।

बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत धीरेन्द्रलाल कर्ण र नबिल इन्भेस्टमेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरेका छन् । अब कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएर स्वीकृती पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछ ।

कम्पनी ऐन २०६३ बमोजिम स्थापित कम्पनीकोे रजिष्टर्ड कार्यालय सिराहा जिल्ला लहान नपा–८ मा रहेको छ । कम्पनी मधेश प्रदेशस्तरको लघुवित्त वित्तीय संस्था हो र हाल १३ हजारभन्दा बढी परिवारमा वित्तीय सेवाहरु प्रदान गर्दे आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij