२०८३ असोज ८ बिहिबार

जिप्रका सुनसरीमा राष्ट्रिय वाणिज्य बैंकको काउण्टर सञ्चालन

ई आर्थिक    बिहिबार, साउन ११ २०८०
6.6K
Shares
जिप्रका सुनसरीमा राष्ट्रिय वाणिज्य बैंकको काउण्टर सञ्चालन

ई–आर्थिक, काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीमा आउने सेवाग्राहीको सहजताका लागि राष्ट्रिय वाणिज्य बैंकको काउण्टर सञ्चालनमा ल्याइएको छ ।

नेपाल सरकार गृह मन्त्रालय, राष्ट्रिय वाणिज्य बैंक तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा कार्यालयमा आउने सेवाग्राहीहरुको सहजताका लागि काउण्टर सञ्चालनमा ल्याइएको हो ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले यही साउन ७ गतेदेखि राष्ट्रिय वाणिज्य बैंकको काउण्टर स्थापना गरी राजस्व सङ्कलन कार्यको सुरुवात गरेको जानकारी दिनुभयो । प्रजिअ पाण्डेका अनुसार सरकारी कार्यालयमा सरकारी बैंकको काउण्टर सञ्चालनमा आएपछि सेवाग्राहीलाई निकै सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij