२०८३ असोज ८ बिहिबार

कृषि विकास बैंकका भिजाकार्डहरु मोबाइलमा लिंक गरी सजिलै भुक्तानी सेवा लिन सकिने

ई आर्थिक    मंगलबार, साउन २ २०८०
10.1K
Shares
कृषि विकास बैंकका भिजाकार्डहरु मोबाइलमा लिंक गरी सजिलै भुक्तानी सेवा लिन सकिने

ई–आर्थिक, काठमाडौं । कृषि विकास बैंकका भिजाकार्डहरु मोबाइलमा लिंक गरी सजिलै भुक्तानी सेवा लिन सकिने भएको छ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र फोकस वान पेमेण्ट सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीबीच फोकसवान पेमेण्ट सोलुसन्सको मोको डिजिटलमार्फत युटिलिटी पेमेन्ट, रिचार्ज कार्ड, क्यूआर कोर्डमार्फत पसलमा भुक्तानी तथा ब्यवसायिक भुक्तानी सेवालाई सहज बनाउने सम्बन्धमा सहकार्य गर्न सम्झौता भएको हो ।

यो सेवा लागु भएपश्चात कृषि विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकले आफनो कार्ड फोकसवान पेमेण्ट सोलुसन्सका MOCO डिजिटल एपलाई मोबाइलमा डाउनलोड गरी युजर बन्न सकिने र आफनो कार्डको आवश्यक विवरण प्रविष्ट गरी सकेपछि सम्बन्धित कार्ड बाहक ग्राहकले भौतिक कार्ड विना नै सो एपमार्फत युटिलिटी पेमेन्ट, रिचार्ज कार्ड, क्यूआर कोर्ड मार्फत सार्वजनिक सेवा वापतको भुक्तानी र व्यवसायिक ग्राहकबाट खरीद गरेको बस्तु तथा सेवा वापत भुक्तानी आफनो मोवाइलबाट सहजै गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij