२०८३ साउन १७ आइतबार

सिंगटी हाइड्रो इनर्जीको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

ई आर्थिक    मंगलबार, असार २६ २०८०
3.1K
Shares
सिंगटी हाइड्रो इनर्जीको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

ई–आर्थिक, काठमाडौं । सिंगटी हाइड्रो इनर्जी र कुमारी क्यापिटलबीच सम्झौंता भएको छ । सम्झौता अनुरूप सिंगटी हाइड्रो इनर्जीले प्रतिसेयर सय रूपैयाँ अंकित दरको १ करोड ४५ लाख कित्ता हकप्रद साधारण सेयरको (१ः१) साविकका सेयरधनीहरुलाई निष्कासनगर्न कुमारी क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सम्झौतापत्रमा सिंगटी हाइड्रो इनर्जीका तर्फबाट प्रबन्ध सञ्चालक सुदिप खड्का तथा कुमारी क्यापिटलका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको अधिकृत पुँजी २ अर्ब ९० करोड रूपैयाँ, जारी पुँजी २ अर्ब ९० करोड रूपैयाँ, र हकप्रद सेयर निष्कासन पश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रूपैयाँ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij