ई–आर्थिक, काठमाडौं । सिटिजन्स बैंकले थप पाँच शाखाहरू सञ्चालनमा ल्याएको छ। बैंकले शाखा विस्तारको क्रममा कोसी प्रदेशस्थित संखुवासभाको खाँदबारी, गण्डकी प्रदेशस्थित तनहुँको दमौली, लुम्बिनी प्रदेशस्थित बर्दियाको गुलरिया, कर्णाली प्रदेशस्थित सल्यानश्री नगर र सुदूरपश्चिम प्रदेशस्थित बैतडी पाटनमा पाँच शाखाहरू एकसाथ सञ्चालनमा ल्याएको हो।
यससँगै बैंकको १ सय ८८ वटा शाखा सञ्चालनमा आएका छन् । आफ्ना बैंकिङ शाखाहरू मार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरेट व्यवसायीहरूमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ ।