ई–आर्थिक, काठमाडौं । अमेरिकाले भिसाहरूको आवेदन शुल्क बृद्धि गरेको छ । यही जुन १७ तारिखदेखि नै लागू हुनेगरी आवेदन शुल्क वृद्धि गरिएको नेपालस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ ।
भ्रमण भिसा र पेटिसनमा आधारित नभएका अन्य गैरआप्रवासी भिसाहरूको आवेदन शुल्क १६० डलरबाट वृद्धि भई १८५ डलर कायम भएको दुतावासले जनाएको छ ।
पेटिसनमा आधारित भिसा शुल्कहरू १९० डलरबाट वृद्धि भई २०५ डलर कायम भएको छ ।
दूतावासका अनुसार ई–भिसा आवेदन शुल्कहरू २०५ डलरबाट वृद्धि भई ३१५ डलर कायम हुनेछ ।
भिसा शुल्कहरू सेवाको लागतसम्बन्धी वार्षिक अध्ययनको नतिजाको आधारमा निर्धारण गरिएको समेत दूतावासले प्रष्ट पारेको छ ।