२०८३ साउन १२ मंगलबार

नमस्ते पेले ल्यायो बम्पर अफर, दुई भाग्यशाली विजेताले ल्यापटप र स्कुटल जित्ने सक्ने

ई आर्थिक    बिहिबार, असार ७ २०८०
2.7K
Shares
नमस्ते पेले ल्यायो बम्पर अफर, दुई भाग्यशाली विजेताले ल्यापटप र स्कुटल जित्ने सक्ने

ई–आर्थिक, काठमाडौंं । नमस्ते पेले नयाँ तथा विद्यमान दुवै ग्राहकका लागि विभिन्न अफर र क्यासब्याकको साथ नयाँ अभियान शुरु गरेको छ । यो अभियान २०८० साल असार ४ गतेदेखि शुरु भएको हो । यस अभियानअन्तर्गत बम्पर अफरका रुपमा दुई भाग्यशाली विजेताले ल्यापटप र स्कुटल जित्ने मौका पाउनेछन् । अफरका लागि योग्य हुन प्रयोगकर्ताले कुनै पनि सेवाको न्यूनतम दुई कारोबार पूरा गर्न आवश्यक छ ।

साप्ताहिक अफरहरु जस्तै स्मार्ट वाच, ट्राभल प्याकेज र उडान टिकटमा १०० प्रतिशत क्यासब्याकका लागि योग्य हुन प्रयोगकर्ताले कम्तिमा एउटा कारोबार एक हप्ताको अवधिमा गर्न आवश्यक छ । त्यसैगरी दैनिक अफरहरु जस्तै ५०० रुपैयाँ वालेट ब्यालेन्स, १ जीबी डाटा प्याक र १०० रुपैयाँ क्यासब्याक विशेषगरी नमस्ते पे का नयाँ प्रयोगकर्ताका लागि हुन् । यस अफरका लागि योग्य हुन प्रयोगकर्ताले नमस्ते पे एप डाउनलोड र दर्ताका साथै केवाईसी प्रमाणित गर्नुपर्नेछ ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोगमार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij