२०८३ साउन १४ बिहिबार

प्रभु लाइफ र महालक्ष्मी लाइफको भावना प्रतिबिम्वित हुने गरी संयुक्त लोगो सार्वजनिक

ई आर्थिक    मंगलबार, असार ५ २०८०
4.3K
Shares
प्रभु लाइफ र महालक्ष्मी लाइफको भावना प्रतिबिम्वित हुने गरी संयुक्त लोगो सार्वजनिक

ई–आर्थिक, काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड मर्ज भएर बन्ने प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सको लोगो सार्वजनिक भएको छ। संयुक्त मर्जर समितिले दुबै कम्पनीको भावना प्रतिबिम्वित हुने गरी नयाँ लोगो तयार गरेको हो ।

दुवै कम्पनीलाई नेपाल बीमा प्राधिकरणले जेठ २९ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । कम्पनी आषाढ महिना भित्र एकिकृत कारोबार गर्ने तयारीमा छन्।

कम्पनीका अनुसार प्रभु लाईफको बोनस शेयर जारी पछि दुबै कम्पनीको गरी ४२९।६ करोड चुक्ता पूँजी हुनेछ । बीमा प्राधिकरणले तोकेको ५०० करोड चुक्ता पूँजीको लागि एकिकृत कारोबार पछि ९० करोड बराबर प्रिमियम मुल्यमा एफपिओ जारी गर्ने समेत सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij