२०८३ असोज ८ बिहिबार

ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्डबाट सम्मानित

ई आर्थिक    आइतबार, जेष्ठ २८ २०८०
2.6K
Shares
ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्डबाट सम्मानित

ई–आर्थिक, काठमाडौं । ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड-२०२३ बाट सम्मानित भएको छ। फिनाकल १० कोर बैंकिङको कार्यान्वयन पश्चात् बैंकले ग्राहक केन्द्रित सेवाहरूमा नवीनतम सोचका साथ उत्कृष्ट प्राविधिक रूपान्तरण गरेकोमा बैंकलाई ट्रान्सफरमेसन एक्सिलेन्स विधा अन्तर्गत सर्वाेत्कृष्ट घोषित गरिएको हो ।

नवीनतम ग्राहक केन्द्रित आविष्कारहरूको सर्जक बैंकहरूलाई प्राविधिक रूपान्तरण, यसको सही प्रयोग तथा टेक्नोलोजीमा सृजनशीलता जस्ता बुँदाहरूलाई आधार मानेर यो अवार्ड प्रदान गर्ने गरिएको छ ।

ग्लोबल आइएमई बैंक डिजिटल ट्रान्सफरमेसन, टेक्नोलोजीमा नवीनता एवम् उत्कृष्टता र यसको सही सदुपयोग गर्दै उत्तरदायी तथा सुरक्षित बैंकिङ मार्फत सेवा प्रवाह गर्ने उत्कृष्ट बैंक भएकाले यो अवार्ड प्रदान गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij