२०८३ साउन १४ बिहिबार

नेपाल लाइफद्वारा रू. ६४ लाख २५ हजारका दावी भुक्तानी

ई आर्थिक    मंगलबार, जेष्ठ १६ २०८०
4.9K
Shares
नेपाल लाइफद्वारा रू. ६४ लाख २५ हजारका दावी भुक्तानी

ई–आर्थिक, काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रू ६४ लाख २५ हजारको दावी भुक्तानी गरेको छ । टीकापुर न.पा ०१, कैलाली घर भएका बीमित नर बहादुर साउदको मिति २०८० साल वैशाख १६ गते क्यान्सरका कारण असामायिक निधन भएको थियो । टीकापुरमा आयोजित एक कार्यक्रम बीच यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले रू ६४ लाख २५ हजारको चेक मृतकले इच्छाइएको व्यक्ति ज्ञानु देवी साउद (श्रीमती) लाई हस्तान्तरण गर्नुभएको छ ।

आफ्नो जीवनकालमा स्व. नर बहादुर साउदले नेपाल लाइफ इन्स्योरेन्स क. लि. टीकापुर शाखा कार्यालयबाट मिती २०७५/०५/१३ गते रु.५०,००,०००/– बीमाङ्क भएको जीवन बीमा योजना लिनु भएको थियो । बीमाङ्क बापतको रकम अन्तर्गत रु.५०,००,०००/– र बोनस बापत रु.१४,२५,०००/– गरी जम्मा रु.६४,२५,०००।– इच्छाइएको व्यक्ति (श्रीमती) लाई प्रदान गरिएको छ ।

कागजात प्राप्त भएको पाँच दिन भित्रनै कम्पनीले भुक्तानी गरेको हो । दावी प्रक्रियालाई चुस्त दुरुस्त, छिटोछरितो बनाउन कम्पनीले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आएको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij