२०८३ साउन ११ सोमबार

आयल निगमले घटायो डिजेल र मट्टीतेलको मूल्य, प्रतिलिटर १०/१० रुपैयाँले घट्यो

ई आर्थिक    मंगलबार, जेष्ठ २ २०८०
3.7K
Shares
आयल निगमले घटायो डिजेल र मट्टीतेलको मूल्य, प्रतिलिटर १०/१०  रुपैयाँले घट्यो

ई–आर्थिक, काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।

निगमले डिजेल र मट्टितेलको मूल्यमा आज राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर १० घटाएको छ । पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य यथावत छ ।

मूल्य घटेसँगै डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु एक सय ५५ कायम भएको छ । यसअघि डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु एक सय ६५ थियो ।

पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७५, हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर एक सय ६०, हवाई इन्धन (बाह्य) को प्रतिलिटर अमेरिकी डलर १.३५० र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार आठ सय कायमै छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij