ई–आर्थिक, काठमाडौं : कुमारी बैंक लिमिटेड र क्वालिटी सोलुसन प्रालिबीच सम्झौता भएको छ । सोमबार एक कार्यक्रमका बीच कुमारी बैंकका ग्राहकहरूलाई क्वालिटी सोलुसन प्रालिबाट १५ प्रतिशत सम्म छुट प्राप्त हुने गरी उक्त सम्झौता भएको हो ।
अब कुमारी बैंकका मोबाईल बैंकिङ प्रयोगकर्ता तथा डेबिट र क्रेडिट कार्ड वाहकहरुले क्वालिटी सोलुसनबाट विभिन्न क्षमताका उपकरणहरु खरिद गर्दा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । अहिले को वर्तमान परिपेक्षमा आफ्ना ग्राहकलाई यस्ता विद्युत्तिय उपकरणहरु खरिद गर्दा सहुलियत प्राप्त होस् भन्ने उद्देश्यले कुमारी बैंकले यो सम्झौता गरेको हो ।