२०८३ साउन १७ आइतबार

घोराही सिमेन्टको आईपीओ ४३५ मा विक्री खुला गर्दै

ई आर्थिक    शनिबार, बैशाख ३० २०८०
4.6K
Shares
घोराही सिमेन्टको आईपीओ ४३५ मा विक्री खुला गर्दै

ई–आर्थिक, काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले यतिबेला आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री खुला गरिरहेको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीयमा प्रतिशेयर अंकित मूल्य रू. १०० मा प्रिमियमबापत रू. ३०० थप गरी प्रतिकित्ता रू. ४०० मा आईपीओ जारी गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने कम्पनीले प्रतिशेयर अंकित मूल्य रू. १०० मा प्रिमियमबापत रू. ३३५ थप गरी प्रतिकित्ता रू. ४३५ मा आईपीओ जारी गरेको हो ।

प्राथमिक बजारमा लामो समयपछि प्रिमियममा आईपीओ जारी भएको हो । कम्पनीको आईपीओ खरीदका लागि वैदेशिक रोजगारीमा गएका नेपालीले दिएको आवेदनको तथ्यांक हेर्दा कम आकर्षण रहेको बुझ्न सकिन्छ । आयोजना प्रभावित स्थानीयबाट प्राप्त भएको आवेदन पनि निकै कम रहेको विक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेड (CDSC)ले आफ्नो वेबसाइटमार्फत अन्य कम्पनीहरूको आईपीओ निष्कासन हुँदा स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले दिएको आवेदनको विवरण सार्वजनिक गर्ने गर्दथ्यो । यस कम्पनीको आईपीओमा परेको आवेदनको तथ्यांक भने वैदेशिक रोजगारीमा रहेका नेपालीबाट प्राप्त आवेदनको मात्र रहेको छ ।

आयोजना प्रभावित स्थानीयले प्रिमियममा कम्पनीको आईपीओ खरीद गर्न नसक्ने बताउँदै आएका छन् । धितोपत्र दोस्रो बजारसमेत घटिरहेको अवस्थामा तोकिएको मूल्य तिरेर आईपीओ खरीद गर्न नसक्ने भनाइ स्थानीयहरूको छ ।

सर्वसाधारणतर्फको शेयरमध्ये १० प्रतिशत आरक्षित शेयर यसअघिका कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा बढी आवेदन पर्ने गरेको थियो । यस कम्पनीको आईपीओ खरीदका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीले जेठ २ गतेसम्म मात्र आवेदन दिन सक्नेछन् ।

सिडिएससीले दिएको तथ्यांकअनुसार कम्पनीको आईपीओ खरीदका लागि वैदेशिक रोजगारीमा गएका नेपालीबाट करीब ४ लाख कित्ता खरीद माग भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ७ लाख ५४ हजार ६६१ कित्ता आईपीओ विक्री खुला गरेको हो । हालसम्म कम्पनीको आईपीओ खरीदका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीबाट करीब ५३ प्रतिशत मात्र आवेदन प्राप्त भएको सीडीएससीको तथ्यांकले देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij