ई–आर्थिक, काठमाडौं । भैरहवास्थित एभरेष्ट बैंक लिमिटेडले आफ्नै नवनिर्मित भवनबाट सेवा सुरु गरेको छ । बैंकको रुपन्देहीस्थित सिद्धार्थनगर नगरपालिका–७ नारायणपथमा अवस्थित भैरहवा शाखा सोही नगरपालिका वडा नं. १२, प्रहरी टोलमा (हालको स्थानबाट करिब ४५) मिटर दक्षिणतर्फ आफ्नै नवनिर्मित भवनमा), स्थानान्तरण भई सम्पूर्ण बैंकिङ सेवा तथा कारोबारहरु सञ्चालन गरेको हो ।
उक्त नवनिर्मित शाखाको उद्घाटन सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँ र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा गरेका छन् । भवनको उद्घाटन समारोहमा सिद्धार्थनगर चेम्बर अफ कमर्सका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ, नेपाल राष्ट्र बैंक भैरहवाका नायब निर्देशक जीवन प्रकाश पाण्डे, जि.प्र.का रुपन्देहीका प्रहरी निरीक्षक सुरेश पन्त, बैंकका लुम्बीनी प्रदेशका प्रादेशिक–प्रबन्धक लवप्रसाद कुईकेल साथै बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका मेयर खाँले एभरेष्ट बैंक सो क्षेत्रको एक अग्रणी बैंक भएको र भैरहवा र सो आसपासको क्षेत्रको विकासमा बैंकले उल्लेख्निय भूमिका खेलेको धारणा राखे । यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले आफ्नै नवनिर्मित भवनबाट ग्राहकहरुले सम्पूर्ण आधु्निक बैंकिङ्ग सेवा तथा सुविधा उपभोग गर्न सक्ने बताए । साथै सो समारोहमा बैंकले विगत २५ वर्षदेखि निरन्तर रुपमा बैंकसँग आवद्ध ग्राहक नारायण बराईलाई सम्मान समेत गरेको थियो ।
पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको यस बैंक स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् । साथै देशैभरी छरिएर रहेको आफ्नो १२४ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १६० एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।