२०८३ साउन ११ सोमबार

नयाँ स्टक एक्सचेन्जको लागि हिमालयन स्टक एक्सचेन्जको पहिलो आवेदन

ई आर्थिक    शनिबार, बैशाख ९ २०८०
7.8K
Shares
नयाँ स्टक एक्सचेन्जको लागि हिमालयन स्टक एक्सचेन्जको पहिलो आवेदन

ई–आर्थिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डमा नयाँ स्टक एक्सचेन्जको लागि शुक्रवार पहिलो आवेदन परेको छ । बोर्डले लाइसेन्सको लागि आह्वान गरेको समय अवधि आइतवारसम्म मात्र रहेको छ । आवेदन माग गरेको एक दिन मात्र बाँकी हुँदा बोर्डमा हिमालयन स्टक एक्सचेन्जले नयाँ स्टक एक्सचेन्जको लाइसेन्सको लागि बोर्डमा आवेदन दिएको हो ।

बोर्डले चैत ३० गते सूचना जारी गर्दै १० दिनभित्र नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लागि आवेदन माग गरेको थियो । बोर्डले गत असोज २ गते नै एउटा स्टक एक्सचेन्ज र दुई ओटा कमोडिटी एक्सचेन्जको लागि सूचना जारी गरी आवेदन माग गरेको थियो । तर, अदालतको तत्काल लाइसेन्स वितरण प्रक्रिया अगाडि नबढाउन आदेशसँगै उक्त लाइसेन्स वितरण प्रक्रिया रोकिएको थियो ।

सर्वोच्च अदालतले लाइसेन्ससम्बन्धी रिट खारेज गरेपछि बोर्डले पुनः समय थपेर आवेदन माग गरी लाइसेन्स वितरण प्रक्रिया अगाडि बढाएको छ । कमोडिटी एक्सचेन्जको लागि भने हालसम्म बोर्डमा कुनै पनि कम्पनीको आवेदन परेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij