२०८३ साउन १४ बिहिबार

बैंकर अशोक शेरचन बने नेपाल–रसिया चेम्बर अफ कमर्शको अध्यक्ष

ई आर्थिक    मंगलबार, चैत्र ७ २०७९
6.4K
Shares
बैंकर अशोक शेरचन बने नेपाल–रसिया चेम्बर अफ कमर्शको अध्यक्ष

ई–आर्थिक, काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन अध्यक्ष बनेका छन् । चेम्बरको साधारण सभाले शेरचनको अध्यक्षतामा २६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
शेरचनसहितको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

चेम्बरको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दिवस अमात्य, उपाध्यक्षद्वयमा कुमार कार्की र निमानुरु शेर्पा चयन भइका छन् । महासचिवमा विष्णुहरि पाण्डे, कोषाध्यक्षमा यमुना श्रेष्ठ, सचिवद्वयमा अनुराग गोयल र अविनाश सिलवाल रहेका छन् ।
यस्तै, कार्यकारिणी समिति सदस्यहरुमा अमृत खड्का, अनिल मानन्धर, अनुज भट्टराई, दिपकराज भुसाल, डा. विजय थापा, डा। मणिराम पोख्रेल, डा. उन्नत श्रेष्ठ छन् । कार्यकारिणी समितिका अन्य सदस्यहरुमा गोरे शेर्पा, लोकेश्वरमान जोशी, मनोज रसाइली, प्रवीण गौचन, प्रनिलमान सिंह प्रधान, रवि थापा, रुपक राजवंशी, सञ्चित बज्राचार्य र सरोज पाण्डे रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij