२०८३ साउन ११ सोमबार

एनआईसी एशिया लघुवित्तले २५ करोड ६५ लाख रुपैयाँ लाभांश वितरण गर्ने

ई आर्थिक    सोमबार, फाल्गुन २२ २०७९
7.5K
Shares
एनआईसी एशिया लघुवित्तले २५ करोड ६५ लाख रुपैयाँ लाभांश वितरण गर्ने

ई–आर्थिक, काठमाडौँ : एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले २५ करोड ६५ लाख ६७ हजार चार सय रुपैयाँ लाभांश वितरण गर्ने भएको छ।

आइतबार बसेको संस्थाको सञ्चालक समितिको १६८ औं बैठकबाट सो निर्ण गरिएको हो ।

संस्थाका सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७८/७९ को संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजी एक अर्ब ७३ करोड ९४ लाख ४० हजारको १४.७५ प्रतिशत अर्थात रु. २५ करोड ६५ लाख ६७ हजार चार सय बराबरको नगद लाभांश (कर प्रयोजन सहित) नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भई वित्तीय संस्थाको आगामी पाँचौ वार्षिक साधारण सभाबाट पारित भए पश्चात् लागू हुने गरी वितरण गर्ने निर्णय भएको कम्पनीले जनाएको छ।

सो लघुवित्त वित्तीय संस्था लिमिटेडले स्थापना भएको पाँच वर्ष पूरा गरे सँगै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल भएको दाबी गरेको छ।

यो वित्तीय संस्था मुलुकभर ७४ जिल्लामा २८७ शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

यस वित्तीय संस्थाले कार्यक्रम विस्तार गर्दा लघुवित्तको पहुँच नपुगेको दुर्गम स्थानिय तहहरुलाई प्राथमिकतामा राखेको छ। यस आव २०७९/८० को दोस्रो त्रयमासको अन्त्य सम्ममा वित्तीय संस्थाले कुल २,०३,८६२ विपन्न परिवारमा लघुवित्त सेवा प्रदान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij