२०८३ साउन ११ सोमबार

लघुवित्त वित्तीय संस्थाले कर्जामा १५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने, लिए कारबाही

ई आर्थिक    बुधबार, फाल्गुन १७ २०७९
9.4K
Shares
लघुवित्त वित्तीय संस्थाले कर्जामा १५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने, लिए कारबाही

ई–आर्थिक, काठमाडौं । लघुवित्त वित्तीय संस्थाले ऋण दिंदा १५ प्रतिशतभन्दा धेरै ब्याज लिन नपाउने भएका छन् । राष्ट्र बैङ्कले मङ्गलबार एक सूचना जारी गर्दै लघुवित्त वित्तीय संस्थाले कर्जामा १५ प्रतिशतभन्दा धेरै ब्याज नलिन निर्देशन दिएको हो ।

१५ प्रतिशत भन्दा बढी ऋण लिएमा नेपाल राष्ट्र बैङ्कमा उजुरी गर्न आग्रह गरेको छ । बढी ब्याज लिएमा नियामक निकाय नेपाल राष्ट्र बैङ्कले कारबाही गर्ने जनाएको छ ।

राष्ट्र बैङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले जारी गरेको सूचनामा भनिएको छ– “सहकारी संस्था, लघुवित्त वित्तीय संस्था र फाइनान्स कम्पनी फरक फरक संस्था हुन् । यी संस्थाले दिने सेवा र ब्याजदर फरक हुन्छन् ।”

लघुवित्त वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर १५ प्रतिशतभन्दा बढी नहुने व्यवस्था गरिएको भन्दै राष्ट्र बैङ्कले हाल कुनै पनि लघुवित्त वित्तीय संस्थाको ब्याजदर १५ प्रतिशतभन्दा बढी नभएको स्पष्ट पारेको छ ।

लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशतभन्दा बढी ब्याज लिएको भए राष्ट्र बैङ्कमा रहेको वित्तीय ग्राहक संरक्षण एकाइमा गुनासो दर्ता गर्न सूचनामार्फत आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij