२०८३ साउन १२ मंगलबार

दुर्गा प्रसाईंका माग : ‘सरकारी संस्थाको पैसा शून्य ब्याजदरमा बैंकमा राख, ५ % मा ऋण देऊ’

ई आर्थिक    मंगलबार, फाल्गुन १६ २०७९
4K
Shares
दुर्गा प्रसाईंका माग : ‘सरकारी संस्थाको पैसा शून्य ब्याजदरमा बैंकमा राख, ५ % मा ऋण देऊ’

ई–आर्थिक, काठमाडौं । अहिले बैंक तथा वित्तीय संस्थामा देखिएका समस्या समाधानका लागि पहल गर्न राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऊ महाभियानले सरकारसँग आग्रह गरेको छ ।

अहिले बैंक तथा वित्तीय संस्थाका ऋणी कर्जा तिर्न सक्ने अवस्थामा नरहेकाले नियामक र सरकारबाट यसको उचित व्यवस्थापनका लागि महाभियानले माग गरेको हो । बैंक तथा वित्तीय संस्थाले चर्को ब्याज असुल गर्ने गरेका कारण ऋणीहरु समस्यामा परेकाले ब्याजदर घटाइनुपर्ने महाअभियानको माग छ ।

“२० लाख रुपैयाँभन्दा बढी ऋण ४ देखि ५ प्रतिशत ब्याजदरमा दिनुपर्ने, निक्षेपको ब्याज ६ प्रतिशतभन्दा बढी हुन नहुने, सरकारी सङ्घसंस्थाको पुँजी शून्य प्रतिशत ब्याजदरमा बैंकमा राख्नुपर्ने र धितो लिलाम गरिएका ऋणीको कर्जा पुनःसंरचना गरिनुपर्छ”, महाभियानका संयोजक दुर्गा प्रसाईले भने । नेपालमै रोजगारको प्रत्याभूति गर्नुपर्ने माग पनि महाभियानले राखेको छ ।

“उच्च शिक्षा हासिल गर्न विदेश जाने बाटो बन्द गरी नेपालमै थप विश्वविद्यालय खोली उच्च शिक्षा हासिल गर्न पाउने वातावरण मिलाउनुपर्ने, बेरोजगार युवालाई बिना धितो ऋण उपलब्ध गराउनुपर्छ”, प्रसाईले भने ।

कार्यक्रममा नेपाल व्यापार सङ्घका अध्यक्ष हरि गौतमले भने, “वर्तमान समयमा व्यापारी व्यवसायी चर्को ब्याजदरको मारमा छन् । ब्याजदर घटाउनु पर्छ । मुलुकमा व्यापार व्यवसायतर्फ आकर्षित युवालाई हतोत्साहित बनाउनु गलत हो ।”

महाभियान कुनै पार्टी र व्यक्ति विरोधी नभई नागरिकका वर्तमान समस्यालाई कदर गरी मुलुकभित्र शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर उपलब्ध गराई स्वदेशमै केही गरौँ भन्ने उद्देश्यले १५बुँदे मागसहित महाअभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij