२०८३ साउन ९ शनिबार

सिन्धु विकास बैंकको १३औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ सर्वसम्मत

ई आर्थिक    आइतबार, माघ २९ २०७९
8.7K
Shares
सिन्धु विकास बैंकको १३औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ सर्वसम्मत

काठमाडौं । सिन्धु विकास बैंकको १३औं वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन लगायतका प्रस्ताव पारित गरेको छ । साथै बैंकको संस्थापक शेयरधनीका तर्फबाट आगामी ४ वर्षका लागि सञ्चालकहरूमा राजेन्द्रकुमार श्रेष्ठ, निभा डंगोल तथा कर्मचारी सञ्चयकोषका तर्फबाट प्रतिनिधित्व गर्ने गरी दिनेशकुमार केसीलाई निर्विरोध चयन गरिएको छ ।

सोही दिन सम्पन्न सञ्चालक समितिको बैठकले बैंकका अध्यक्ष पदमा आगामी ४ वर्षका लागि राजेन्द्रकुमार श्रेष्ठलाई सर्वसम्मत चयन गरिएको बैंकले जानकारी दिएको छ ।

बैंकलाई आगामी दिनमा बागमती प्रदेशकै उत्कृष्ट विकास बैंकका रूपमा स्थापित गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीले बताए । सिन्धुपाल्चोक जिल्लाकै पहिलो विकास बैंकको रूपमा स्थापित यस बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवनमा गरी २५ ओटा शाखामार्फत कारोबार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij