२०८३ साउन ११ सोमबार

वाणिज्य बैंकहरुमा एक दिनमै थपियो १ अर्ब निक्षेप, तरलता सहजतामा टेवा पुग्दै

ई आर्थिक    मंगलबार, माघ २४ २०७९
7.6K
Shares
वाणिज्य बैंकहरुमा एक दिनमै थपियो १ अर्ब निक्षेप, तरलता सहजतामा टेवा पुग्दै

ई–आर्थिक, काठमाडौं । नेपालको वाणिज्य बैंकहरुमा निक्षेप थपिने क्रम जारी रहेको छ । प्राप्त समाचार अनुसार बाणिज्य बैंकहरुमा एकै दिनमा १ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । निक्षेप थपिदा कर्जा लगानी भने स्थिर नै देखिएको हो ।

वाणिज्य बैंकको निक्षेप ४७ खर्ब २३ अर्ब रहेकोमा माघ २३ गते १ अर्ब थपिँएर बढेर ४७ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ । त्यसैगरी सोही दिनमा वाणिज्य बैंकको कर्जा लगानी ४२ खर्ब ७१ अर्ब रहेको छ ।

वाणिज्य बैंकहरुमा निक्षेप थपिएर कर्जा लगानी स्थिर हुँदा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८६.३४ प्रतिशत रहेको छ । वाणिज्य बैंकमा निक्षेप थपिँदै जादा सीडी रेसियोमा सुधार आएको हो। आर्थिक वर्षको सुरुवातमा वाणिज्य बैंकको सीडी रेसियो ९० माथि पुगेको थियो ।

विस्तारै बैंकहरुले कर्जा विस्तार रोकेर निक्षेप संकलन र ऋण उठाउने कामलाई तीव्रता दिँदा सीडी रेसियो ८६.३४ प्रतिशतमा आइपुगेको हो । त्यसैगरी अन्तर बैंक ब्याजदर ४.४१ प्रतिशत रहेको छ । चालु आवको साउन भदौमा अन्तर बैंक ब्याजदर ७ प्रतिशत माथि पुगेको थियो । बैंकहरुमा निक्षेप बढ्दै जादा अन्तर बैंक ब्याजदर घट्दै ४.४१ प्रतिशतमा आइपुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij