२०८३ साउन १२ मंगलबार

डिशहोममा १ वर्षको रिचार्ज गर्दा चादनी–दोधारा नगरपालिकाका निशान्त बुढाले जिते नगद एक लाख

ई आर्थिक    आइतबार, माघ १५ २०७९
7.4K
Shares
डिशहोममा १ वर्षको रिचार्ज गर्दा चादनी–दोधारा नगरपालिकाका निशान्त बुढाले जिते नगद एक लाख

ई–आर्थिक, काठमाडौं । अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ ।

यो योजना अन्तर्गत डिशहोम डि।टि।एच।का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउने छन् ।

यसै क्रममा चादनी–दोधारा नगरपालिका-८ निवासी निशान्त बुढाले रु एक लाख जितेका छन् । केदार ट्रेडिङको डिलर अन्तरगत रहेको दोधारा कंचनपुरका सह—बितरक न्यु एकता ट्रेडर्सका डिलर दाई रिङ्कु रोकायकोमा एक वर्ष रिचार्ज गरेर बुढाले लक्कि ड्रमा सहभागी हुने अवसर पाउका थिए ।

डिशहोमको तर्फ वाट एरिया सेल्स म्यानेजर निर्मल आचार्य, केदार ट्रेडिङका म्यानेजर जगदीश भट्ट र सेल्स अफिसर कमल रिमाल बाट जितेका पुरस्कार रकम हस्तान्तरण गरेका छन्। विजेता बुढालाई हार्दिक वधाई दिदै सम्पुर्ण डिशहोम डि.टि.एच.का ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनुहुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ ।

लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपाः च्यानल र डिशहोम सोकेसमा हेर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij