२०८३ साउन ११ सोमबार

आइएमई पेबाट मोबाइल रिचार्ज गर्दा पाँच प्रतिशत क्यासब्याक पाइने

ई आर्थिक    बुधबार, माघ ४ २०७९
4.7K
Shares
आइएमई पेबाट मोबाइल रिचार्ज गर्दा पाँच प्रतिशत क्यासब्याक पाइने

ई–आर्थिक, काठमाडौं : आइएमई पेले मोबाइल रिचार्जमा पाँच प्रतिशत सम्मको क्यासब्याक अफर पुनः ल्याएको छ । यसभन्दा अघि ल्याइएको उक्त अफर ग्राहकवर्गको उच्च मागमा पुस ३० गतेदेखि पुनः शुरु गरिएको कम्पनीले जनाएको छ ।

सो अफर मार्फत प्रयोगकर्ताहरुले आइएमई पे एप दर्ता गरेको मोबाईल नम्बरमा मोबाईल ब्यालेन्स रिचार्ज गर्दा पाँच प्रतिशत क्यासब्याक र अन्य कुनै मोबाईल नम्बरमा मोबाईल ब्यालेन्स रिचार्ज गर्दा दुई प्रतिशत क्यासब्याक पाउने जानकारी सार्वजनिक गरिएको छ ।

हाल सम्म ४० लाखभन्दा बढी प्रयोगकर्ताहरुलाई विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आईरहेको आइएमई पे ले सो अफर आफ्नो सम्पूर्ण ग्राहक वर्गलाई समर्पित गरेको छ । कम्पनीले यस अफरको नियम तथा शर्त स्वरुप हरेक प्रयोगकर्ताहरुले एक महिनाको समय अन्तरालमा आफ्नो मोबाईल नम्बरमा ब्यालेन्स रिचार्ज गर्दा अधिकतम १०० रुपैयाँ क्यासब्याक र अरु मोबाईल नम्बरमा ब्यालेन्स रिचार्ज गर्दा अधिकतम १०० रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिने जानकारी कम्पनीले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij