२०८३ साउन ९ शनिबार

कुस्मा, गौर र ढल्केवरमा ‘महिला सशक्तिकरणमा–महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न

ई आर्थिक    सोमबार, माघ २ २०७९
8.9K
Shares
कुस्मा, गौर र ढल्केवरमा ‘महिला सशक्तिकरणमा–महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न

ई–आर्थिक, काठमाडौं । पौष ४ गतेबाट प्रारम्भ भएको ‘महिला सशक्तिकरणमा–महालक्ष्मी लाईफ’ कार्यक्रम देशका विभिन्न भागमा सम्पन्न भएको छ । यसै क्रममा पर्वतको कुस्मा, रौतहटको गौर, धनुषाको ढल्केवर र सुनसरीको इटहरीमा यस सम्बन्धी तालिम कार्यक्रम संचालन भएको छ । समाजमा पिछडिएर रहेका महिलाहरुलाई रोजगारी प्रदान गरी उनीहरुको आय बृद्धि गरि प्रोत्साहित गर्ने कार्यक्रमको उद्देश्य रहेको छ ।

पौष २२ गते सिप विकास तालिम केन्द्र कुस्माको सभाहलमा कार्यालय प्रमुख संतोष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो । महालक्ष्मी लाईफका धौलागिरी प्रमुख तथा प्रमुख अतिथि जमुना आचार्यले यस किसिमको शिपमुलक तालिमले महिलामा काम गर्न र आत्मनिर्भर हुन मद्दत हुने धारणा राख्नु भयो । सहभागिको तर्फबाट सुनिता ढकाल र शर्मिला तिवारीले महालक्ष्मी लाईफले महिला सशक्तिकरणमा गरेको प्रयासको प्रशंसा गर्नु भयो ।

यसै क्रममा पौष २४ गते गौर नगरपालिकामा पनि कार्यक्रम सम्पन्न भएको छ । महिला नेतृ उमा झाको अध्यक्षतामा सम्पन्न महिला सशक्तिकरण कार्यक्रमममा स्वागत मन्तव्य कम्पनीका गौर प्रमुख राजेश कुमार साहले गर्नु भएको थियो । ६५ जनाको सहभागिता रहेको तालिम कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र बजार बिभाग प्रमुख प्रशान्तराज धमलाले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै प्रशिक्षण दिनु भएको थियो । कार्यक्रमको संचालन प्रकाश झाले गर्नु भएको थियो ।

धनुषाको ढल्केवरमा पनि पौष २५ गते महिला सशक्तिकरण सम्बन्धी तालिम कार्यक्रम सम्पन्न भएको छ । स्थानीय जन प्रतिनिधि र महिला समेत ११५ जनाको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले गर्नु भएको थियो । प्रमुख कार्यकारी अधिकृत तथा बजार विभाग प्रमुख प्रशान्तराज धमलाले कार्यक्रम सम्बन्धी प्रशिक्षण दिनु भएको थियो । कम्पनीका उपक्षेत्रिय प्रमुख लाल बहादुर थापा मगरले स्वागत मन्तव्य दिनु भएको कार्यक्रमको संचालन रोहन घतानीले गर्नु भएको थियो ।

पौष २६ गते इटहरीको आईटिसी इन्टरनेशनल ट्रेनिङ सेन्टरमा ४० जना महिलाहरुलाई रोजगारी र आय आर्जन सम्बन्धी तालिम प्रदान गरियो । महिला सौन्दर्य सम्बन्धी क्षेत्रमा कार्यरत महिलाहरुलाई महालक्ष्मी लाईफ विर्तामोड शाखाको सहकार्यमा तालिम प्रदान गरिएको थियो । कमलमान सिँह चौहानले संचालन गर्नु भएको कार्यक्रममा पवित्रा बस्नेत र कम्पनीका उपक्षेत्रिय प्रमुख गुञ्जन थापाले कार्यक्रमको महत्व बारेमा प्रकाश पार्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij