२०८३ साउन ११ सोमबार

कुमारी बैंकका ग्राहकले स्पार्क हेल्थ होको सेवामा १० प्रतिशतसम्म छुट पाउने

ई आर्थिक    सोमबार, माघ २ २०७९
4.4K
Shares
कुमारी बैंकका ग्राहकले स्पार्क हेल्थ होको सेवामा १० प्रतिशतसम्म छुट पाउने

ई–आर्थिक, काठमाडौं । आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र स्पार्क हेल्थ होम प्राइभेट लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ । सो सम्झौता पत्रमा कुमारी बैंकका डिजिटल मार्केटिंग प्रमुख अर्पण पौडेल तथा स्पार्क हेल्थ होम प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक हरी शरण रिजालले हस्ताक्षर गर्नुभयो ।

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले स्पार्क हेल्थ होम प्राइभेट लिमिटेडबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट–क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्गबाट गर्दा उपचार खर्च तथा औषधि सेवाहरूमा १० प्रतिशतसम्म आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

आगामी दिनहरुमा पनि कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवाहरूमा सहुलियत दिन तथा डिजिटल कारोबारमा उत्प्रेरित गर्न आकर्षक योजनाहरु ल्याईरहने छ ।

आफ्ना देशव्यापी २९९ शाखा सञ्जाल, ३४५ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४२ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएको कुमारी बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij