२०८३ साउन १० आइतबार

रानले प्रथम महाधिवेशनलाई ऐतिहासिक बनाउने, आयुर्बेद क्षेत्रको प्रथम गीत ‘जागौं जागौं आयुर्वेदकर्मी…’ सार्वजानिक

ई आर्थिक    बुधबार, पौस २७ २०७९
7.5K
Shares
रानले प्रथम महाधिवेशनलाई ऐतिहासिक बनाउने, आयुर्बेद क्षेत्रको प्रथम गीत ‘जागौं जागौं आयुर्वेदकर्मी…’ सार्वजानिक

ई–आर्थिक, काठमाडौं । आयुर्बेद क्षेत्रको एकमात्र साझा एकीकृत संस्था राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल (रान) ले संस्थाको चौथो केन्द्रिय नियमित बैठक संस्थाको केन्द्रिय कार्यालय कोटेश्वरमा सम्पन्न भएको छ ।

ऐतिहासिक चौथो नियमित बैठकबाट संस्थाले आयुर्बेद क्षेत्रमा संभवत प्रथम आयुर्बेद गीत ‘जागौ जागौ आयुर्वेद कर्मी हामी सबै जागौ, नेपाललाइ आयुर्बेदमय बनाउन लागौ’ नामको आयुर्बेद गीत सार्बजनिक गरेको छ ।

‘हामी जोडनेछौ आयुर्बेदलाई हामी बनाउनेछौं आयुर्बेदमय नेपाललाइ’ र ‘अधिकारका लागि एकीकृत आवाज’ भन्ने मुल सिद्धान्तमा सम्पुर्ण आयुर्वेद क्षेत्रलाइ एउटै मालामा गाँसेर आयुर्बेद क्षेत्रका हक अधिकारको रक्षा गर्न स्थापना भएको संस्था रानले संस्थाको चौथो नियमित बैठकले प्रथम महाधिवेशनलगायत विभिन्न महत्वपूर्ण निर्णय पनि गरेको छ ।

के–के भए निर्णय ?

१. संस्थाको तेस्रो नियमित बैठकले निर्णय गरेको संस्थाको एतिहासिक प्रथम महाधिबेशनलाई तोकिएकै मिति २०७९/१०/२८ गते शनिबारका दिन नै भब्यरुपमा काठमाडौंमा सम्पन्न गर्ने सर्बसहमत निर्णय ग¥यो ।

२. एतिहासिक प्रथम साधारणसभा सम्पन्न गर्नका लागि आवश्यक पर्ने निर्वाचन समिति, लेखा परीक्षकको नियुक्त, मानार्थ सदस्यता प्रदान, सम्मान तथा पुरस्कार वितरण, नियमावली पारित, विधान संसोधन, कार्यक्रम तालिका र अन्य महाधिवेशन सम्पन्न गर्न आबश्यक पर्ने सम्पुर्ण कार्य सम्पन्न गर्न यहि मिति २०७९/१०/१४ गते संस्थाको पाँचौ नियमित बैठक बस्ने र कार्यान्वयन गर्ने सर्बसहमत निर्णय गरियो ।

४. संस्थाका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर राउतको संयोजकत्वमा बनेको पुस्तक प्रकाशन समितिले प्रकाशन गर्ने पुस्तक आयुर्बेदाsमृतानाम नामको पुस्तक काठमाडौ स्थित पाथिभरा अफसेट प्रेसलाई छपाई गर्न दिने सर्बसम्मत निर्णय गरियो ।

५. संस्थाको सङ्गठन बिस्तार गर्न प्रदेश र जिल्ला को प्रथम भेला आबश्यक पर्ने भएकोले बाँकी रहेका प्रदेश र जिल्लाको प्रथम भेला यही मिति २०७९/१०/११ गते सम्ममा सम्पन्न गरी सक्ने सर्वसम्मत निर्णय गरियो ।

६. हालसम्म संस्थामा जोडिने सस्थाको बिधान अनुसार सदस्यता माग गर्ने ५०० जना बढी सदस्यता बनि पाउँ भन्ने आबेदन पास गर्दै सबैलाई सदस्यता प्रदान गर्ने सर्बसम्मत निर्णय गरियो र प्रदेश कार्य समिति अध्यक्ष जिल्ला कार्यसमिति अध्यक्षहरु र जिल्ला संयोजकहरुलाई आर्थिक हिसाबकिताब यही मिति २०७९/१०/५ गते सम्ममा सस्थाको खातामा भुक्तानी गरिसक्न सर्कुलर गर्ने सर्बसम्मत निर्णय गरियो ।

६. यही मिती २०७९/१०/२८ गते हुने संस्थाको एतिहासिक प्रथम महाधिबेसन सफल बनाउन आयुर्बेद क्षेत्रको सम्पुर्ण संघ/संस्था, उत्पादन कम्पनी, चिकित्सक, स्वास्थकर्मी र व्यवसायीहरुलाई आर्थिक सहयोग गर्न अपिल गर्ने र संस्थाका सम्पुर्ण सदस्यहरुलाई महाधिवेशन सम्पन्न गर्न उत्साहका साथ कार्य सम्पादन गर्न अपिल गर्ने सर्बसहमत निर्णय गरियो ।

७. संस्थाका सम्पुर्ण सदस्य हरुले संस्थाको बिधान अनुसार कार्य गर्नुपर्ने र यदि बिधान बिपरित संस्थालाइ आघात पर्ने कुनै पनि गतिविधि गरेको पाइएमा बिधान बमोजिम संस्थाको केन्द्रिय कार्यसमितिको नियमित बैठकले सदस्यता खारेज गर्ने समेत सर्बसहमत निर्णय गरियो ।

आजको चौथो नियमित बैठकमा तपसिल बमोजिमको उपस्थिती रहेको थियो ।

१. जगत बहादुर भट्टराई
२. बाल गोपाल श्रेष्ठ
३. हृदय नारायण चौधरी
४. शालिक राम भुसाल
५. ओम राज लिम्बू
६. सरिता भण्डारी
७. सपना खत्री
८. जयन्ति सिवाकोटी
९. किरण न्यौपाने
१०. अन्जना मगर
११. आरती कुमारी चौधरी
१२. लक्ष्मण जि.सि.
१३. डा. चन्द्र कार्की
१४. डा. विवेक गुप्ता
१५. डा. जिवित महर्जन
१६. डा. विश्वास कुँवर

बैंठक सफलतापुर्वक सम्पन्न गर्न उपस्थित हुनुहुने सम्पुर्ण रान टिमलाई राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल (रान) केन्द्रिय कार्यालय हार्दिक धन्यवाद आभार प्रकट गर्दछ । जय आयुर्बेद !

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

  • चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to earthik.com | Site By : Sobij