ई–आर्थिक, काठमाडौं । एनएमबि बैंकका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरूको उपस्थितिमा सोमबार बैंकको २७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारणसभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न भएको हो । एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको छ ।
सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ(आफ्नो विचार समेत व्यक्त गरेका थिए । वार्षिक साधारण सभाद्वारा आव २०७८÷७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ८।२५ प्रतिशत (कर सहित) नगद लाभांश पारित गरेको छ । बैंकको २०७९ असारसम्ममा खुद नाफा ३ अर्ब २९ करोड, निक्षेप १८६.४० अर्ब रूपैयाँ र कर्जा १८२.०९ अर्ब रूपैयाँ रहेको छ ।