२०८३ साउन ११ सोमबार

बुध्द एयरका संस्थापक कार्यकारी अध्यक्ष बस्नेतको निधन

ई आर्थिक    आइतबार, पौस १० २०७९
3.7K
Shares
बुध्द एयरका संस्थापक कार्यकारी अध्यक्ष बस्नेतको निधन

ई–आर्थिक, काठमाडौं । प्रेस काउन्सिलका संस्थापक अध्यक्ष समेत रहेका बुध्द एयरका संस्थापक कार्यकारी अध्यक्ष सुरेन्द्र बहादुर बस्नेतको निधन भएको छ ।

आइतबार बिहान उनको निधान भएको हो । भोजपुरको दिंगलामा जन्मिएका कार्यकारी अध्यक्ष बस्नेत बनारस हिन्दु विश्वविद्यालयबाट एमए, एलएलबी अध्ययन गरेका थिए । उनले नेपाल सरकारको विभिन्न उच्च ओहोदामा रहेर नेतृत्व समेत गरेका थिए ।

सर्वोच्च अदालतको न्यायाधीश, निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, विभिन्न कालखण्डमा कानुन तथा न्याय, शिक्षा, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, नेपाल प्रेस काउन्सिलको प्रथम अध्यक्ष समेत भएका थिए ।
७० वर्षको उमेरमा बुध्द एयर स्थापना गरेर नेपाल र नेपालीलाई हवाई सेवामार्फत जोड्ने कार्यको सुरुआत गरेका उनले हवाई उडानलाई सहज र सरल बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij