२०८३ साउन ११ सोमबार

ग्लोबल आइएमई बैंक र राजधानी डेरीबीच कृषि कर्जाको सहजीकरणसम्बन्धी समझदारी

ई आर्थिक    शुक्रबार, पौस ८ २०७९
6.3K
Shares
ग्लोबल आइएमई बैंक र राजधानी डेरीबीच कृषि कर्जाको सहजीकरणसम्बन्धी समझदारी

ई–आर्थिक, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र राजधानी डेरी प्रालिबीच कृषि कर्जाको सहजीकरणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र राजधानी डेरीका अध्यक्ष राजकुमार दाहालले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार ग्लोबल आइएमई बैंकले राजधानी डेरीको सिफारिसमा काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका तथा आसपासका दुग्ध उत्पादक किसानलाई सहुलितयपूर्ण कर्जा उपलब्ध गराउनेछ ।

कृषि व्यवसाय गरिरहेका ग्रामीण क्षेत्रका कृषकलाई उद्यमी बनाउन पुँजीलगायत प्राविधिक सीप विकास गर्न यसबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसका साथै दुग्ध व्यवसायका माध्यमबाट कृषकलाई उत्पादनसँग जोड्न, थप रोजगारी सिर्जना गर्न र स्वरोजगारी बनाउन यसले सहयोग पुग्नेछ ।

बैंकले समय–समयमा यस्ता विभिन्न किसिमका योजनाहरु ल्याई आफ्ना ग्राहकलाई लाभान्वित गर्दै आएको छ। ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकले २९२ शाखा, २७० एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दैआएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij