२०८३ साउन ११ सोमबार

‘अनलाइन ग्याम्बलिङ्ग’लाई राष्ट्र बैंकको डण्डा, नटेर कडा कारबाही हुने

ई आर्थिक    मंगलबार, मंसिर २७ २०७९
5.4K
Shares
‘अनलाइन ग्याम्बलिङ्ग’लाई राष्ट्र बैंकको डण्डा, नटेर कडा कारबाही हुने

ई–आर्थिक, काठमाडौं । ‘अनलाइन ग्याम्बलिङ’ बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले नियन्त्रणको प्रयास थालेको छ । यस्तो ग्लाम्बलिङलाई डण्डा चलाउँदै राष्ट्र बैंकले नटेर कडा कारबाही गर्ने चेतावनी दिएको छ । राष्ट्र बैंकले अनलाइन जुवा नखेल्न निर्देशन दिएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै अनलाइन जुवा तथा बेटिङ कार्यमा सहभागी नहुन आम नागरिकहरुलाई अनुरोध गरेको हो । ‘विद्युतीय भुक्तानी कारोबार मार्फत जुवा तथा बाजी लगायतका कार्यमा कोही संलग्न भएको पाइएमा सम्बन्धित व्यक्तिरसमुहरसंस्थालाई कानूनी कारबाही हुने तथा निजहरुको बैंक खाता, मोबाइल वालेट लगायतबाट हुने कारोबारहरु रोक्का गरिनेछ ।’, राष्ट्र बैंकले आफ्नो सूचनामा भनेको छ ।

राष्ट्र बैंकले अनलाइन जुवाहरुको भुक्तानी नहुने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्था, मोबाइल बैंकिङ सेवा प्रदायक, मोबाइल वालेटहरुलाई पनि निर्देशन दिएको छ । विश्व कप फुटवल लक्षित अनलाइन जुवा तथा बेटिङ सञ्चालन गर्ने क्रम बढेपछि राष्ट्र बैंकले नियमनको प्रक्रिया थालेको हो ।

‘पछिल्लो समय विश्व कप फुटबलसँगै अनलाइन बेटिङको क्रम बढेका सूचनाहरु आईरहेका छन्, यसले गैर कानुनी कारोबार बढाएको छ र विदेशी मुद्राको सञ्चितिमा पनि चाप बढाउँछ, राष्ट्र बैंकका तर्फबाट नियमनका लागि गर्नुपर्ने काम हामीले अघि बढाएका छौं’, राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले भने ।

राष्ट्र बैंकले अनलाइन जुवा जस्तो गैर कानुनी खेलमा भुक्तानी नगर्न निर्देशन दिएको र अन्य कारवाहीका लागि सरोकारवाला निकायहरुसँग थप समन्वय भैरहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij