२०८३ साउन ११ सोमबार

विराटनगर महानगरपालिकाका ३६ सहकारी संस्था वेपत्ता, वेपत्ता भएका सहकारी खोज्दै महानगरपालिका (सबैको नामसहित)

ई आर्थिक    मंगलबार, मंसिर २७ २०७९
7.4K
Shares
विराटनगर महानगरपालिकाका ३६ सहकारी संस्था वेपत्ता, वेपत्ता भएका सहकारी खोज्दै महानगरपालिका (सबैको नामसहित)

ई–आर्थिक, काठमाडौं । विराटनगर महानगरपालिकाका ३६ सहकारी संस्था वेपत्ता भएका छन् । सो महानगरपालिकाले वेपत्ता भएका सहकारी खोज्ने सक्रियता सुरु गरेको छ । ती संस्थाबारे जानकारी नहुँदा र ठेगाना पनि प्रष्ट नहुँदा पैतिस दिनभित्र कारोबारको हिसाबकिताबसहित सम्पर्कमा आउन महानगरपालिकाले सूचना समेत जारी गरेको छ ।

विराटनगरमा एक सय ९३ वटा सहकारी संस्था दर्ता भएका छन् । ती मध्ये ३६ सहकारी संस्था वेपत्ता भएका हुन ।

पछिल्लो समय सहकारी संस्थाले सदस्यको निक्षेप फिर्ता गर्न आनकानी गर्ने प्रवृत्ति बढेपछि महानगरपालिकाको सहकारी शाखामा बचतकर्ताको उजुरी पर्ने क्रम बढेको छ । ती सहकारीमा ताकेता गरेपछि सम्पर्कविहीन भएका हुन् सम्पर्कविहिन रहेका ३६ ऋण तथा बचत सहकारी संस्था लिमिटेडका फाइलमा उल्लिखित ठेगाना नभेटिएको, पटक–पटक ताकेता गर्दा पनि सम्पर्कमा आउन नचाहेको, सम्पर्क स्थापित गर्न नसकिएको र कुनै पनि प्रकारको कारोबारको विवरण पेस नगरेकाले ती सहकारीको नाममा सूचना जारी गर्नाका साथै नाम पनि सार्वजनिक गरिएको छ ।

सम्पर्कमा नआएका ती सहकारीले साधारणसभासमेत नगरी कारोबारको विवरण सम्बन्धित शाखामा नबुझाउँदा कैयौंँ सर्वसाधारणको रकम डुब्ने जोखिम बढेर गएको छ । त्यस्ता सहकारीमा विराटनगर वडा नं २ को सक्रिय, वडा नं ३ को स्पर्श, वडा नं ४ को परिचय, सगुन र पुष्पाञ्जलि, वडा नं ५ को विराट कोसेली र एक्सेन्ज, वडा नं ७ को सुमेरू, विराट उपभोक्ता र हिमशिखर, वडा नं ८ को सहयोगी, वडा नं ९ को भिजन फर्मा, क्यापिटल, खाटु श्याम, सत्य ओम साई, सबल, युरो र हाम्रो बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।

यस्तै वडा नं १० को एभरेष्ट मल्टिपल, वडा नं ११ को ज्ञानपुञ्ज, निलकमल, यातायात, स्वर्णलक्ष्मी, वडा नं १२ को गजलक्ष्मी, गरिमा, बखरी, ताजा तरकारी तथा फलफूल उत्पादक, वडा नं १३ को नक्षत्र, वडा नं १४ को बहुमूल्य, जुनतारा र प्रभावकारी, वडा नं १५ को इच्छा, नेश्नल, ऋद्धिसिद्धि र वडा नं १७ को वाटिका र उपकार बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक पौडेलले सम्पर्कमा नआएका सहकारी संस्थालाई सम्पर्कमा आउन ३५ दिने म्याद जारी गरिएको बताए । उनले ती सहकारीलाई खोजेर कानुन बमोजिम कारबाही गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij