२०८३ साउन ११ सोमबार

रुपन्देहीका नौवटा सहकारी गाभिए, कुल सदस्य सङ्ख्या २२ हजार ४१३ पुग्यो

ई आर्थिक    मंगलबार, मंसिर २० २०७९
7.9K
Shares
रुपन्देहीका नौवटा सहकारी गाभिए, कुल सदस्य सङ्ख्या २२ हजार ४१३ पुग्यो

ई–आर्थिक, बुटवल । रुपन्देहीका नौवटा सहकारी संस्था गाभिएका (मर्ज) छन् । सहकारी संस्थाका पदाधिकारी तथा सदस्यको उपस्थितिमा बुटवलमा आयोजित सहकारी एकीकरण कार्यक्रममा ती नौ सहकारी संस्था गाभिएर सिद्धबाबा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बनेको घोषणा गरिएको हो ।

सार्थक, आगन्तुक, शाइन, उपदेश, उपकार, जनप्रिय, सुसन्देश शुभश्री र वरदान बहुउद्देश्यीय सहकारी संस्था गाभिएर सिद्धबाबा सहकारी संस्थामा बनेको हो ।

सिद्धबाबा सहकारी संस्थाको कुल सदस्य सङ्ख्या २२ हजार ४१३ पुगेको यो सहकारी संस्थाको अचल सम्पत्ति दुई करोड ८१ लाख ६७ हजार १४७ र सेयर पुँजी तीन करोड ७१ लाख ४२ हजार ३०३ रुपियाँ भएको छ ।

सिद्धबाबा बहुउद्देश्यीय सहकारी तदर्थ समितिका अध्यक्ष प्रकाश खनालका अनुसार गाभिएपश्चात् सहकारी संस्थाको कुल निक्षेप ३३ करोड ४४ लाख ७२ हजार २८७ रुपियाँ पुगेको छ भने कर्जा प्रवाह २९ करोड ६२ लाख ८५ हजार ९८२ रुपियाँ भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij