२०८३ साउन ११ सोमबार

धौलागिरी लघुवित्त र खप्तड लघुवित्त बीच मर्ज हुने, मर्जका लागि संझौता सम्पन्न

ई आर्थिक    सोमबार, मंसिर १९ २०७९
10.1K
Shares
धौलागिरी लघुवित्त र खप्तड लघुवित्त बीच मर्ज हुने, मर्जका लागि संझौता सम्पन्न

ई–आर्थिक, काठमाडौं । धौलागिरी लघुवित्त र खप्तड लघुवित्त बीच मर्जरमा जाने सम्झौता भएको छ । दुई संस्थाबीच आइतबार मर्जर तथा एक्विजिसन सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा धौलागिरीको तर्फबाट अध्यक्ष इश्वरलाल राज भण्डारी र खप्तडको तर्फबाट अध्यक्ष सुमन प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार मर्जर पश्चात बन्ने कम्पनीको नाम धौलागिरी लघुवित्त नै रहने छ भने अध्यक्षमा इश्वरलाल राज भण्डारी रहनेछन् ।

सम्झौतासँगै मर्जरको लागि मर्जर संयोजक समिति गठन भएको छ । समितिको सदस्यहरुमा धौलागिरीबाट संचालक हरि प्रसाद शर्मा र सिर्जना थापा रहेका छन् भने खप्तडबाट संचालक रणदेव कृष्ण श्रेष्ठ र डबल बहादुर शाह रहनुभएको छ ।

यी दुवै लघुवित्तले हालै मात्र आईपिओ निष्काशन गरेका थिए । धौलागिरी लघुवित्तले साउन २४ गतेदेखि साउन २९ गतेसम्म सर्बसाधारणलाई आईपिओ बिक्री खुला गरेको थियो भने खप्तड लघुवित्तले भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij